काठमाडौं / नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । माओवादीले नवनिर्वाचित जनप्रतिनिधि सबैलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिने भएको हो ।

आज (बुधबार) बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते नवनिर्वाचित जनप्रतिनिधिलाई पार्टीको तर्फबाट काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले उनीहरूलाई प्रशिक्षण दिने पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा ७५३ पालिका मध्ये १२१ पालिकामा विजयी हासिल गरेको छ ।