बिर्तामोड / स्थानीय तह निर्वाचन २०७९ मा उत्साहित भएका जनताले विवेकपूर्ण निर्णय लिएर परम्परागत राजनीतिमा परिवर्तनको अपेक्षा गर्दै युवा पुस्तालाई विजयी गराएका छन् । 

सरकार सञ्चालनलाई व्यवस्थित र भ्रष्टाचार रहित बनाउनका लागि स्थानीय चुनावमा युवालाई मत दिदैँ जनताले विकास र परिवर्तनको अपेक्षा राखेका छन् । 

OM Sai Pathibhara Hospital

स्थानीय तह निर्वाचनमा हालसम्म ३४ हजार ४ सय ५० अर्थात ९८ प्रतिशत जनप्रतिनिधिको मत परिणाम आइसकेको छ । जसमध्ये ४० वर्ष मुनिका ४१ प्रतिशत जनप्रतिनिधि युवा रहेका छन् । 

स्थानीय तहको चुनावमा नातावाद, कृपावाद र अपराधमा संलग्नलाई छोडेर जनताले विशेषत ४० वर्ष मुनिका राजनीतिक दलका युवा र स्वतन्त्र उम्मेदवारलाई रोजेका छन् ।

यसपटको निर्वाचनको सबै भन्दा सुखद् र आशाजनक पक्ष भनेकै ४१ प्रतिशत तरुण जनप्रतिनिधि निर्वाचित भएका छन् । 

सबैभन्दा धेरै युवा जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् भने ठूलो सङ्ख्यामा पनि कांग्रेसकै जनप्रतिनिधि निर्वाचित भएका छन् ।

जनप्रतिनिधिमा उम्मेदवारी दिनलाई सबैभन्दा कम २१ वर्ष रहेको कानुनी व्यवस्था रहँदा समेत २१ देखि ३० वर्षका जनप्रतिनिधि मात्रै ३ हजार ३ सय ८० जना रहेका छन् । ३१ देखि ४० वर्ष उमेर समूहका १० हजार ८ सय ५० जना जनप्रतिनिधि विजयी भएका छन् । 

४४ प्रतिशत जनप्रतिनिधि नेपाली कांग्रेसका निर्वाचित भएका छन् । २७ प्रतिशत जनप्रतिनिधि सहित एमाले दोस्रोमा स्थानमा रहेको छ । १६ प्रतिशत जनप्रतिनिधि सहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

त्यस्तै , जनता समाजवादी पार्टीले ४ प्रतिशत जनप्रतिनिधि जितेको छ भने नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दुवैले समान तीन/तीन प्रतिशत भन्दा कम जनप्रतिनिधि भएका छन् ।