पोखरा / पोखरा महानगरपालिकाको नगरप्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य पोखराको नगरप्रमुखमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले ५२ हजार ८४८ मत ल्याएका छन् । 

उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । काङ्ग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन्  ।