काठमाडौँ / संसदीय सुनवाई समितिले श्रीलंका र डेनमार्कका लागि दुई राजदूतको नाम अनुमोदन गरेको छ । 

मंगलबार बसेको समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

OM Sai Pathibhara Hospital

समितिले सरकारद्वारा १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्र विरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी रहेको थियो । 

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित द्वय राजदूत मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले अनुमोदन गरेको बताएका छन् ।