काठमाडौँ  / नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । 

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बुधबार दिउँसो १ बजे बस्नेगरी बजेटबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । 

OM Sai Pathibhara Hospital

संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरिन लागिएको गुरुङले जानकारी दिए ।

सरकारले जेठ १५ गते संसद्मा बजेट पेस गर्दैछ भने नीति तथा कार्यक्रम बुधबार साँझ ४ बजे नै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।