जसअनुसार नेपाली कांग्रेसले हालसम्म नगरपालिकामा १३४ मेयर जितेको छ । त्यस्तै १८८ गाउँपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसले जम्मा ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ। त्यसैगरी २९५ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।
नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख र २२९ वटा पालिकाको उपप्रमुख पद जितेको छ।
त्यस्तै नेकपा माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा र १२८ वटा पालिकाको उपप्रमुख पदमा विजयी भएको छ ।
जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख, नेकपा एकीकृत समाजवादीले १८ वटा पालिकाको प्रमुख र २३ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख र १२ वटा पालिकाको उपप्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।
राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख, नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ ।
जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख, नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ ।
विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख, जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।
१२ जना स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख जितेका छन् भने ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन् ।