वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी एमालेका विजय कुमार सरावगीलाई २२ हजार ५५५ मतान्तरले पछि पार्दै  राजेशमान मेयरमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

राजेशमानले  ४६ हजार २१५ मत पाएका छन् भने  विजयले २३ हजार  ६७१ मत पाएका छन् । 

यस्तै उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । इम्तियाजले ३० हजार ७८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषाेतम लाल झा ले नौ हजार ५६८ मत मात्रै पाएका छन् । 

वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ । वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ७५.२४  प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो ।