काठमाडौं / अन्तर बैंक ब्याज दर स्थायी तरलता सुविधा भन्दा माथि पुगेको समयमा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) समेत क्रमश घट्न थालेको छ । 

राष्ट्र बैंकका अनुसार पछिल्ला केही दिन यता स्थायी तरलता सुविधाको ब्याज दर ७ प्रतिशत देखिएपछि तरलतामा अचम्मको प्रवृत्ति देखिएको हो ।

OM Sai Pathibhara Hospital

आफ्नो ऋणपत्र धितो राखेर राष्ट्र बैंकबाट सुविधा लिनका लागि पनि बैंकहरूमा ब्याज दर ७ प्रतिशतभन्दा तल हुनुपर्ने व्यवस्था गरिएको छ । 

 दशमलब ०४ प्रतिशत पुगेको अन्तर बैंक ब्याज दरले अर्थ बजारमा तरलता झन् चर्किएको देखिएपनि सीडी रेसियो भने घटेको छ । राष्ट्र बैंकका अनुसार, ९० दशमलब ९२ प्रतिशतको सीडी रेसियो ९० दशमलब ७७ प्रतिशतमा आएको छ।

अहिले बैंकहरूमा ४१ खर्ब ९१ अर्ब रुपैयाँ ऋण रहेको छ । निक्षेप भने यो अवधिमा ४३ खर्ब ५२ अर्बबाट बढेर ४३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।