काठमाडौं / नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ शङ्कास्पद कारोबारको प्रतिवेदन प्राप्त भएको छ । 

उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको हो ।

OM Sai Pathibhara Hospital

नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाएको छ । राष्ट्र बैंकले हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको समेत जनाएको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापकै कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।