बिर्तामोड / वाणिज्य बैंकहरूले करार, इन्टर्न, आउटसोर्स तथा स्थायी श्रमिकहरूलाई सामाजिक सुरक्षाबाट वञ्चित गरिदै आएका छन् । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको अध्ययन अनुसार बैंकमा स्थायी कर्मचारीले मात्र विनियमावली बमोजिमको सामाजिक सुरक्षा पाउने गरेका छन् ।

OM Sai Pathibhara Hospital

बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा योजनालाई ऐच्छिक बनाउनुपर्ने माग गरिरहेका बेला अस्थाई कर्मचारी भने सामाजिक सुरक्षाबाट वाञ्चित भएका छन् । 

वाणिज्य बैंकमा ठूलो सङ्ख्याका करार, तालिमी, आउटसोर्स  अस्थाई श्रमिकहरूलाई बैंक विनियमावलीले सामाजिक सुरक्षाका लागि संरक्षण नगरेको महासङ्घले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदन सार्वजनिक गर्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा प्रणालीले सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरेको भए पनि बैंकको विनियमावलीमा दिइएको सुविधा मूलतः स्थायी श्रमिकमा मात्र केन्द्रित रहेको बताएका छन् ।