काठमाडौं / केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ४८ खर्ब पुग्ने अनुमान गरेको छ । 

बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यका आधारमा ४२ खर्ब ७७ पुग्ने विभागले जनाएको छ ।

OM Sai Pathibhara Hospital

अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा ४ दशमलब १ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ  भने चालू आर्थिक वर्षमा ५ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि हुने विभागले प्रक्षेपण गरेको छ ।

चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलब ३ प्रतिशत, उद्योगको वृद्धिदर १० दशमलब ३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५ दशमलब ९ प्रतिशत हुने विभागले अनुमान लगाएको छ । 

चालू आर्थिक वर्षको ९ महिनाको आर्थिक विवरणका आधारमा विभागले अनुमान सार्वजनिक गरेको हो ।