काठमाडौँ / सरकारले आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आर्थिक वर्ष ०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको जानकारी दिए । 

OM Sai Pathibhara Hospital

सरकारले यसअघि आर्थिक वर्ष ०७८/७९ मा गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको थियो भने आर्थिक वर्ष ०७७/७८ मा ३ हजार १५ रुपैयाँ  तोकिएको थियो ।