झापा / उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। 

OM Sai Pathibhara Hospital

आगामी मसान्तसम्मका लागि छ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, २५० सिसीमाथिका मोटरसाइकल, ३२ इन्चमाथिको रंगीन टेलिभिजन, गाडी, मदिरा, सुर्तीजन्य पदार्थ, खेलौना, तास र हिरा लगायतका सामाग्रीहरूको आयतमा रोक लगाएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादन पनि आयात गर्न पाइने छैन। आयातमा बन्देज लगाइएका सामान कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि आफैँले ल्याउन भने बाधा नपर्ने सूचनामा उल्लेख छ।