काठमाडौँ / वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप उच्च दरले घट्न थालेको छ । चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको बैंक निक्षेप वैशाखमा आउँदा ४३ खर्ब ६७ अर्बमा झर्दा २२ अर्बको गिरावट भएको हो । 

पछिल्लो एक सातामा मात्रै १० अर्बले घटेको निक्षेप भन्दा ऋण थोरै मात्रामा मात्रै घटेको छ ।

OM Sai Pathibhara Hospital

चैत मसान्तदेखि वैशाख ९ गतेसम्म ऋण ३ अर्बले घटेको छ भने एक सातायता अवधिमा ऋण एक अर्बले घटेको छ ।

चालु आर्थिक वर्षको कुल निक्षेप १६६ अर्बले वृद्धि भएको छ । पछिल्लो एक सातामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ भने ऋण एक अर्बले झरेको छ ।