सिन्धुपाल्चोक /  सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र पक्षका उम्मेदवारबीच झडप भएको छ । 

माओवादी केन्द्रबाट नगरपालिकाका मेयरका लागि टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो । झडप हुँदा चौतारा साँगाचोकगढी नगरपालिका कार्यालय तोडफोड समेत भएको छ ।

OM Sai Pathibhara Hospital

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । प्रहरीले अश्रुग्याँस समेत  प्रहार गरेको थियो ।

झडपमा परी केही नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् । नगरपालिकामा माओवादी केन्द्रबाट कृष्णप्रसाद सापकोटाले टिकट पाएका थिए । २०७४ मा माओवादी केन्द्रबाट मेयर जितेका अमानसिंह तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।