विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । 

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धन दलबाट कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

OM Sai Pathibhara Hospital

कोइराला कांग्रेस मोरङका उपसभापति हुन् भने यादव पार्टीका विराटनगर महानगर अध्यक्ष हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा रहेका उपमेयरका उम्मेदवार अमरेन्द्रले पार्टीको युवा फोरमबाट राजनीति सुरू गरेका थिए ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरमा मृत्युञ्जय झा र उपमेयरमा सहनाज खातुन, राप्रपाबाट मेयरमा प्रहलाद साह र उपमेयरमा बबिता आचार्य, नेपाली कांग्रेस (बीपी)बाट मेयरमा रामचन्द्र गौतम र उपमेयरमा माया ओझाले मनोनयन दर्ता गराएका छन्।

जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले स्वतन्त्रबाट विराटनगर महानगरको मेयरमा आइतबार उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौलालाई उम्मेदवार बनाएको छ । थापा एमालेका महानगर कमिटी अध्यक्ष र कार्की महानगर कमिटी उपाध्यक्ष हुन् ।