बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनको मुखमा नेपाली कांग्रेस झापाका नेता तथा महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामीसहित ६० जना नेता तथा कार्यकर्ताले राजिनामा दिएका छन् । 

पार्टीले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै कांग्रेस झापाका पूर्व जिल्ला सचिव समेत रहेका गोश्वासीसहित ६० जनाले राजीनामा दिएका हुन् ।

OM Sai Pathibhara Hospital

बाह्रदशी गाउँपालिका घर भएका गोश्वामीसहितको टोलीले झापा जिल्ला सभापतिलाई सामूहिक राजीनामा बुझाएका छन् ।

आदिवासी समुदायका अग्रज नेता मानिने गोश्वामीले स्थानीय चुनावको मुखमा राजीनामा दिएपछि झापा कांग्रेसमा ठुलो क्षति भएको कार्यकर्ताहरूले प्रतिक्रिया दिएका छन् ।

उनले आफूहरूले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएको जानकारी दिए ।