काठमाडौं / नेपाल राष्ट्र बैंकले मंगलबार १८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिन गरी दुई किसिमको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको सूचना सार्वजनिक गरेको हो ।

बैंकले ट्रेजरी बिलका लागि भने सोमबार दिउँसो ३ बजेसम्मका लागि आवेदन दिन सकिने जनाएको छ । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।

OM Sai Pathibhara Hospital

सार्वजनिक बोलकबोलमार्फत बाँडफाँड हुने ट्रेजरी बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत बिना प्रतिस्पर्धात्मक प्रणालीमार्फत वितरण गरिने बैंकले जनाएको छ ।