बिर्तामोड  / स्थानीय तह निर्वाचनको मुखमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्यसहित दर्जनौ नेता तथा कार्याकर्ताहरूले पार्टी परित्याग गरेका छन् । 

माओवादी केन्द्रकी प्रदेश सदस्य मिरा अधिकारी, झापा जिल्ला सचिवालय सदस्य तथा भद्रपुर नगर इन्चार्ज नरेश सञ्जेलसहित दर्जनौ नेता कार्यकर्ताले आज (सोमबार) विज्ञप्‍ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

लक्ष्मण कट्टेल, भरतसिंह राजवंशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, ज्ञान बहादुर पुरी, विष्णु बहादुर राई, गंगा प्रसाद राई, कृष्ण तामाङ (सन्तोष) योगराज अधिकारी, शिवराज घिमिरे,  अरबिन्द्र अधिकारी, रुद्र प्रसाद निरौला, मोक्ष नन्दन निरौला, चन्द्र बहादुर तामाङ र रञ्जीत राईले पार्टी परित्याग गरेका हुन् । 

पार्टीका उच्च तहका नेताहरूले इमानदार र पार्टी प्रति निष्ठावान् नेताहरूलाई जिम्मेवारी नदिई आफू अनुकुल नेताहरूलाई मात्र जिम्मेवारी दिएका कारण पार्टी परित्याग गर्नु परेको भद्रपुर नगर इन्चार्ज सञ्जेलले बताए । सञ्जलले आफूहरू पार्टीको साधारण सदस्य समेत नरहने जनाएका छन् ।

   spa

विगत लामो समयदेखि अनवरत रुपमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका र पार्टी आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका नेता तथा कार्यकर्तालाई पाखा लगाइ अवसरवादी तथा आर्थिक अपचलन गर्ने नव धनाढ्यहरूलाई काखी चेप्ने नेता तथा कार्यकर्तालाई मात्र पार्टीको जिम्मेवारी दिएको प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । 

जिल्लाका केही लोभी र पापी नेताहरूका कारण स्वतन्त्र जीवन बिताउन बाध्य भएको सञ्जेलले बताए । पार्टी परित्याग गरेपनि अन्य पार्टीमा भने प्रवेश नगर्ने बताइएको छ ।  

सञ्जेलले २०५५ सालबाट विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका थिए । उनले सङ्कटकालको समयमा पटक पटक गरी २८ महिना जेल जीवन समेत बिताइसकेका छन् ।

1 4

22