बिर्तामोड / कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो रहेको समयमा अत्यधिक मात्रामा खाद्य पदार्थ आयात भइरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

खेतीयोग्य जमिन समेत रहेको जमिन खेर गइरहेको समयमा कृषि प्रदान देश भनिएपनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै ५९ अर्ब बढी खाद्यान्नको आयात निराशजनक देखिएको हो । 

OM Sai Pathibhara Hospital

धान, मकै, कोदोलाई प्रमुख खाद्यबाली मानिए पनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै रु ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार बराबरको आयात भएको भन्सार विभागमा उल्लेखित छ ।

कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य रहेको छ । सरकारले कृषिउपजको उत्पादन बढाउनका लागि अनेकन नीति तथा कार्यक्रम बनाए पनि किसानसम्म पुग्न नसकेका कारण कार्यान्वयनमा भने ल्याउन सकेको छैन । 

गत वर्ष सरकारले केही कृषिउपजमा आत्मनिर्भर भएको घोषणा पनि गरेको भएपनि भन्सार विभागको तथ्याङ्कले भने सो दाबीलाई गलत प्रमाणित गरिदिएको छ ।