बिर्तामोड / स्थानीय तह निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका नेताले सत्तामा पुग्नका लागि पार्टी परित्याग गर्ने क्रममा नेपाली कांग्रेसका नेता शेरबहादुर थापाले पार्टी परित्याग गरेका छन् ।  

कनकाई नगरपालिकामा मेयरको आकांक्षी रहेका नेता थापाले आफूलाई पार्टीले टिकट नदिएपछि पार्टी परित्याग गरेको बताउँदै पार्टी परित्याग गरेका हुन् ।  

OM Sai Pathibhara Hospital

थापाले सामाजिक सञ्जालमा फेसबुकमार्फत नेपाली कांग्रेसको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्  ।  

पार्टीेले टिकट नदिएको आरोप लगाउदै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै राजीनामा दिएका हुन ।