बिर्तामोड / बुद्धशान्ति गाउँपालिकामा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र एमाले बुद्धशान्ति इन्चार्ज योगकुमारी पराजुलीले पदबाट राजिनामा दिएका छन् ।

OM Sai Pathibhara Hospital
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता गराउने अन्तिम दिन आज हो । यसअघि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष सहित दर्जन बढी जनप्रतिनिधिहरूले राजिनामा दिइसकेका छन् ।

अध्यक्ष भुजेलले केहि दिन अघि नेपाली काङ्ग्रेसको आन्तरिक उम्मेदवार छनौटमा नाम नपरेसँगै उनी असन्तुष्ट जनाउँदै आएका थिए । उनीले स्वतन्त्र रूपमा अध्यक्ष पदमा चुनाब लड्ने वा अन्य कुनै पार्टीबाटै अध्यक्ष पदमा चुनाब लड्ने छलफल चलिरहेको छ । 

यता नेकपा एमाले बुद्धशान्तिकी इन्चार्ज पराजुलीले पनि पार्टीभित्रको आन्तरिक भागबन्डाको सिकार बनेपछि राजीनामा दिएको घोषणा गरेकी छिन् । उनले आफू साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेकी हुन् ।

बैशाख ३० गतेको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरूले धमाधम राजिनामा दिइरहेका छन् ।