विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंग्याएको छ । 

नेकपा एमाले १ नम्बर प्रदेश कमिटीको बैठकले महानगरको प्रमुखका लागि सागर थापा र उपप्रमुखमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुन् भने कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । थापा मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका छन् ।

विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशक यता पार्टी राजनीतिमा क्रियाशील छन् । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत र पटक पटक संघीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितले समेत आकांक्षा राखेका थिए ।  

तर, अन्तिममा एमालेले महानगरको प्रमुखको टिकट थापालाई दिएको छ । 

विराटनगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ । पाँच दलीय गठबन्धनले विराटनगरको मेयर कांग्रेसको र उपमेयरमा जनता समाजवादी पार्टीको भागमा पारेको छ ।