बिर्तामोड / राप्रपाका जिल्ला सदस्य सुशील आचार्य नेकपा एमाले प्रवेश गरेका छन् । 

आइतबार काँकरभिट्टामा आयोजित पार्टी प्रवेश कार्यक्रममा आचार्यलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइरालाले अबिर लगाइदिएर पार्टी प्रवेश गराएका हुन् । 

OM Sai Pathibhara Hospital

मेचीनगरमा आचार्यसहित ६० जनाले राप्रपा त्यागेर एमाले प्रवेश गरेका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य राजु कार्की, जिल्ला सचिवालय सदस्य टिका मंग्राती, एमाले नगर अध्यक्ष राजु पोखरेल लगायतको सहभागिता रहेको थियो ।