विराटनगर / जनता समाजवादी पार्टी (जसपा) छाडेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। 

आइतबार मोरङका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्।  

OM Sai Pathibhara Hospital

यादव २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसपाबाट विराटनगरको मेयरका उम्मेदवार थिए। उनले अघिल्लो निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए। 

जसपाबाट विराटनगरको मेयरमा उम्मेदवारी दिने आकांक्षा राख्दै आए पनि ५ दलीय गठबन्धनबीच चुनावी तालमेल हुँदा  विराटनगरमा जसपाको भागमा उपमेयर मात्रै परेको छ।

यादवको नाम जसपाको तर्फबाट पनि विराटनगरको उपमेयरमा सिफारिस भएको छ। उनले शनिबार जसपाको पदबाट राजीनामा दिंदै स्वतन्त्रमा उम्मेदवारी दिने घोषणा गरेका थिए।