बिर्तामोड / माओवादी केन्द्र झापाले पार्टीको हित विपरित कार्य गरेको भन्दै तीन जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
माओवादी केन्द्र झापाले बिर्तामोड नगर कमिटीका सदस्य जानुका थापा मगर, शिवकुमार कन्दङ्वा र मालती विकलाई कारवाही गरेको हो ।
नगरको सिफारिस पछि उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पार्टीको झापा संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए ।






































