बिर्तामोड / माओवादी केन्द्र झापाले पार्टीको हित विपरित कार्य गरेको भन्दै तीन जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । 

माओवादी केन्द्र झापाले बिर्तामोड नगर कमिटीका सदस्य जानुका थापा मगर, शिवकुमार कन्दङ्वा र मालती विकलाई कारवाही गरेको हो । 

OM Sai Pathibhara Hospital

बिर्तामोड नगर कमिटीले थापा, कन्दङ्वा र विकले पार्टीको हित विपरित गतिविधि गरेको भन्दै जिल्लालाई कारवाहीका लागि सिफारिस गरेको थियो 
 । 

नगरको सिफारिस पछि उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पार्टीको झापा संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए ।