बिर्तामोड / आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयर बन्न नेकपा (एमाले) का दुई सांसदले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।

इलामका प्रदेशसभा सदस्य काजिमान कागते र झापाका गोपालचन्द्र बुढाथोकीले पदबाट राजीनामा दिएका हुन् । एमालेले इलामको सूर्योदय नगरपालिकाको मेयरमा कागते र झापाको मेचीनगर नगरपालिकाको मेयरलाई बुढाथोकीलाई उठाउने तयारी गरेपछि उनीहरूले राजीनामा दिएका हुन् । 

OM Sai Pathibhara Hospital

कागत इलाम क्षेत्र नम्बर १ (ख) र बुढाथोकी झापा १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । 
कागतेले सूर्योदयको मेयरमा पार्टीले उठाउने निर्णय गरेपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको  बताए ।  उनीहरु दुवैजनाको राजीनामा स्वीकृत भएको संसद् सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिएका छन् ।