बिर्तामोड / आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयर बन्न नेकपा (एमाले) का दुई सांसदले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
इलामका प्रदेशसभा सदस्य काजिमान कागते र झापाका गोपालचन्द्र बुढाथोकीले पदबाट राजीनामा दिएका हुन् । एमालेले इलामको सूर्योदय नगरपालिकाको मेयरमा कागते र झापाको मेचीनगर नगरपालिकाको मेयरलाई बुढाथोकीलाई उठाउने तयारी गरेपछि उनीहरूले राजीनामा दिएका हुन् ।






































