काठमाडौं / राजस्व अनुसन्धान विभागले राजस्व चुहावटमा संलग्न रहेको भन्दै ६ जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । विभागले दीपेन्द्र कुमार अग्रवाल सहित ५ जना विरुद्ध ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

विभाग अनुसार राजस्व ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ सजायको माग दाबी गर्दै मनिष कुमार अग्रवाल, हितेष कुमार अग्रवाल, प्रतिमा महर्जन, बिमल अग्रवाल र दिपेन्द्र कुमार अग्रवाल विरुद्द उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

OM Sai Pathibhara Hospital

काठमाडौैं महानगरपालिका–१३ बाफलमा रहेको शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति टे«ड लिंकका मनिष कुमार अग्रवाल, बाफल स्थित एच बी टे«ड एण्ड सप्लायर्सका हितेष कुमार अग्रवाल , बाफल चंखमार्ग बस्ने एम के इन्टरनेशनलका प्रमित महर्जन, रौतहट जिल्ला गौर नगरपालिका–१ हाद बाफल बस्ने एच बि टे«ड एण्ड सप्लायर्सका बिमल अग्रवाल र रौतहट जिल्ला गौर–१ हाल बाफल बस्ने ५० वर्षको गणपति टे«ड लिंकका दिपेन्द्र कुमार अग्रवाल विरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

सो फर्महरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी आयकर ऐन , मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ ।