झापा / आर्थिक वर्ष २०७८/८९ को ९ महिनामा नेपालको वस्तु निर्यात ७० प्रतिशतले बढेको छ ।  

भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनमा चालु आर्थिक वर्ष साउन देखि चैतसम्ममा ७० प्रतिशतले बढेको हो । 

OM Sai Pathibhara Hospital

गत वर्ष चैत मसान्तसम्ममा वस्तु निर्यात जम्मा ९४ अर्ब रुपैयाँ बराबरको मात्रै भएको थियो। तर चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब ६० अर्ब रुपैयाँ बराबर भइसकेको छ। 

बस्तुको निर्यात बढेपनि व्यापार घाटा भने कम हुन सकेको छैन । चैत महिनासम्मको तथ्याङ्कमा देशको व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । 

नेपालबाट सबैभन्दा बढी धागो, पान आयल, सोया आयल, टेक्स्टायल, गलैँचालगायतका वस्तुहरु बढी निर्यात भएको देखिएको छ।

गत वर्षको तुलनामा फुटवेयर, ह्याण्डी क्राफ्ट, चिया, अलैँचीलगायतका वस्तुहरूको समेत निर्यात बढेको देखिएको छ।