झापा / मूलकको अर्थतन्त्र थलिएर व्यापार घाट बढेको बेला चालू आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा मोबाइल खरिदबाट मात्रै ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बाहिरिएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत सम्ममा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिँदा उक्त रकम बाहिरिएको हो । 

OM Sai Pathibhara Hospital

गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार तीन सय ६६ थान मोबाइल आयात गरेको भन्सार विभागले जनाएको छ । 

पछिल्लो नौ महिनामा चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल आयत गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

नेपालमा मोबाइल अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इराक, आयरल्याण्ड र इजरायलबाट आयत गरिएको छ । 

त्यस्तै इटाली, जापान, केन्या, दक्षिण कोरिया, कुवेत, लग्जेम्वर्ग, मलेसिया, माल्टा, नेदरल्याण्ड्स, न्युजल्याण्ड, नर्वे, ओमान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, साउदी अरब, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, युएई, बेलायत, अमेरिका र भियतनामबाट मोबाइल आयत गरिएको हो ।