काठमाण्डौ / नेप्से चार्टमा लामो समयपछि फेरि शुक्रबार ड्रागन फ्लाइ डोजी बनेको देखिएको छ । लामो समयको घट्दो ट्रेन्डपछि (ड्रागन फ्लाई डोजी) बनेको देखिएपछि बजार बुलिस ट्रेन्डमा जाने सम्भावना देखिएको हो । 

लामो समयको बुलिस बजार तथा हरियो मारुबुजु क्यान्डल पछि यस्तो चित्र देखा परेपछि बजार बियरिसतर्फ जाने संकेत देखिएको छ । हाल लामो गिरावटपछि ड्रागन फ्लाई डोजी बनेकोले बजार बुलिसको सम्भावना देखिन्छ ।

OM Sai Pathibhara Hospital

बजारको सुरु, अन्तिम र अधिकतम सूचक एउटै भएर न्यूनतम सूचक धेरै तल भई लामो धागो देखिएमा त्यस्तो आकृतिलाई ड्रागन फ्लाई डोजी भनिन्छ । सो देखिएको अवस्थामा दिनभरको कारोबारमा बिक्रीकर्ता हावी भएको र अन्तमा क्रेता हावी भएर बजारलाई माथि धकेलेको बुझिने गरेको छ । यो मैनबत्तीको तल लामो धागोले क्रेताको चाप रहेको मानिन्छ ।