बिर्तामोड / वैदेशीक रोजगारमा विदेश पलायन हुने प्रवृत्तीको समयमा इलाममा प्रख्यात रहेको मिठाई ललिपप उद्योग सञ्चालन गरेर इलामका महिला आत्मनिर्भर हुँदै आएका छन् । इलाम तिल्केनीकी दीपा गुरुङको स्वामित्वमा रहेको ग्रिनसिटी ललीपप उद्योगबाट उनले धेरै महिलालाई रोजगारी दिन सफल भएकी हुन । 

गुरुङले आठ वर्ष पहिले स्थापना गरेको सो उद्योगमा ललिपप र बम्बैसन बन्ने गर्दछ भने छ जनाबाट सुरु भएको उनको उद्योग ४६ जना महिलाले रोजगारी पाएका छन् । उनको उद्योग मार्फत इलाममा मात्रै सीमीत रहेको ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौसम्म पुग्ने गरेको छ । 

OM Sai Pathibhara Hospital

पाँच लाखबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक ३५ लाख रुपैयाँसम्मको आय हुँदै आएको छ । त्यस्तै , स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा इलामकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग संचालन गर्ने गरेकी छिन् । 

उनले सो उद्योगमा ३४ जना कामदार राखेर सञ्चालन गर्दै चार लाख रुपैयाँको लागतबाट सुरु गरेकी थिइन् । मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टाँस्ने, प्याकेजिङ गर्ने लगायतका काममा धेरै महिलाहरुले रोजगारी पाउने गरेका छन् ।