काठमाडौं / वित्तिय संस्थाहरूमा वित्तिय उपकरणको रुपमा रहेको ऋणपत्र निष्कासन गर्नका लागि दुई बैंकहरू नेपाल धितोपत्र बोर्डको अनुमतिको प्रतीक्षामा रहेका छन् । तरलता अभाव भएपछि ऋणपत्र स्वीकृतका लागि नेपाल एसबिआई बैंक र कामना सेवा विकास धितो पत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन् । 

नेपाल एसबिआई बैंकले ९ दशमलब २५ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निस्कासन गर्न अनुमति मागेको छ भने भएको छ भने कामनाले १० वर्षका लागि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन लागि अनुमति माग गरेको छ 

OM Sai Pathibhara Hospital

दुवै बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन लागि अनुमति मागेका छन् । अनुमति पाएपछि एसबिआई बैंकले ५ वर्षका लागि ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री गर्ने भएको जसको नाम ‘नेपाल एसबिआई डिबेन्चर २०७८’ रहने भएको छ । 

ऋणपत्रको निस्कासन तथा बिक्रीको सम्पूर्ण जिम्मा भने सानिमा क्यापिटलले लिनेछ । त्यस्तै , कामना बैंकले पनि ९ प्रतिशत ब्याजदरमा १० लाख कित्ता ऋणपत्र निष्कासन लागि माग गरेको छ जसको ऋणपत्रको नाम ‘केएसविविएल डिबेन्चर २०८८’ रहने भएको छ । यस डिबेन्चरको निस्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल रहेको छ ।