काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले पार्टी परित्याग गरेकी छिन् । उनले पार्टीलाई राजीनामा पत्र बुझाउँदै केन्द्रीय सदस्य लगायत पार्टी साधारण सदस्यबाट आफू अलग भएको सार्वजनिक गरकी हुन् । 

उनले पार्टीमा केही समयदेखि सैद्धान्तिक र नैतिक विचलन देखा परेपछि भारी मनका साथ राप्रपा छाड्नु परेको समेत बताएकी छिन् । प्रतिष्ठाले महाधिवेशनमा एक हजार पाँच सय ३० मतका साथ खुला महिला केन्द्रीय सदस्यमा जितेकी थिइन्।

OM Sai Pathibhara Hospital

राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पनि राप्रपा छाडेर आफ्नै नेतृत्वमा राप्रपा नेपाल पार्टी खोलेपछि उनकी छोरीले पनि पार्टी परित्याग गरेकी छिन् ।