झापा  / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने भएको छ ।

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता नहुने भएपछि नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । 

OM Sai Pathibhara Hospital

दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरू सरकार र निर्वाचन आयोगमा पुगेर थिए ।  तर, निर्वाचन आयोगले संवैधानिक, राजनीतिक र कानुनी दृष्टिकोणले दल दर्ता गर्न नमिल्ने बताएको थियो । 

दल दर्ता गर्न नमिले पनि स्थानीय आवश्यकताका आधारमा एमाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए । 

पुनले भने, –‘दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा एमाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्छौ । साथीहरूले स्वतन्त्र उम्मेदवारी दिनुहुन्छ ।’ 

नेकपाका नेताहरूले केही दिनअघि आसन्न स्थानीय तहको निर्वाचनमा पाल्पाको तिनाउ गाउँपालिकाका विभिन्न वडामा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका थिए ।