बिर्तामोड / नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर चुनावि प्रचार प्रसार सामाग्री बनाएको छ । 

निर्वाचन आचारसंहिता २०७८ मा सरकारी कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइए पनि माओवादी केन्द्रले भने घिसिङको तस्बिर राखेर चुनावी प्रचार प्रसार सामाग्री बनाएको हो ।

OM Sai Pathibhara Hospital

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोस्टरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्वीर राखिएको छ । 

अंध्यारोबाट उज्यालोको यात्रा लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ । साथै अब निःशुल्क बिजुलीको अभियानलाई अगाडि बढाउने समेत माओवादीले जनाएको छ । 

कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना नै माओवादीले चुनावी प्रचार प्रसार सामाग्रीमा तस्बिर राखेको बताएका छन् । 

घिसिङले भने, ‘–मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ ।’