बिर्तामोड  / अब याक ब्रान्डको इलेक्ट्रिक बाइक नेपालमै बन्ने भएको छ । जैष्णवी समूहले अहिले बजारमा उपलब्ध अन्य इलेक्ट्रिक बाइकको तुलनामा धेरै विशेषता र कम ऊर्जाको खपत गर्ने मोटरसाइकल बनाउने घोषणा गरेको हो ।

कम्पनीले याक ब्रान्डमा ल्याउने सवारीसाधन चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक ‘बेन्ल्ग’को उत्पादन हुन् । ती साधन नेपाल ल्याएर कम्पनीले एसेम्बल गर्ने तयारी गरेको हो । उक्त इलेक्ट्रिक मोटरसाइकल केही महिना पश्चात् नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ । यी बाइकको मूल्य र अन्य फिचर समेत पछि नै सार्वजनिक गरिने कम्पनीले जनाएको हो ।

OM Sai Pathibhara Hospital

कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने र यसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पु¥याउने बताएको छ ।