बिर्तामोड / लसुनले कुनै पनि खानाका परिकारलाई स्वादिष्ट बनाउन सहयोग गर्छ । यसका अलावा लसुनमा धेरै गुणकारी तत्व रहेका हुन्छन्  जसले  हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउँछ ।

आयुर्वेदमा त लसुनलाई औषधि नै मानिएको छ । बिहान सबेरै खाली पेटमा लसुन खानाले सबैभन्दा धेरै फाइदा हुने गर्छ । यहाँ लसुनका सात फाइदाबारे चर्चा गरिएको छ ।

OM Sai Pathibhara Hospital

१. स्वस्थ मुटु 

सुनले मुटुसँग सम्बन्धित रोगहरूलाई टाढा भगाउँछ । लसुन खानाले रगत स्वस्थ रहन्छ र हृदयघातको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण गरेर खाए धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले रक्तसञ्चार सहज पार्छ ।

२. उच्च रक्तचापबाट छुटकारा

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । चिकित्सकहरूले उच्च रक्तचापबाट पीडित व्यक्तिहरूलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।

३. पेट सम्बन्धी रोगका बिरामीलाई राहत

पेटसँग सम्बन्धित बिरामीहरू जस्तै डायरिया र कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी मानिन्छ । उमालेको पानीमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । लसुनले शरीरमा रहेको हानिकारक तत्वहरूलाई बाहिर निकाल्न पनि सहयोग गर्छ ।

 

४. पाचन प्रणालीमा सहयोगी

लसुनले मानिसको पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुचि पनि बढाउँछ ।

५. तनाब हराउँछ 

लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । कतिपय अवस्थामा हाम्रो पेटमा जम्मा हुने एसिडले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुनबाट रोक्छ । लसुनले टाउको दुःख्ने समस्या पनि कम गर्छ ।

६. दाँतको दुखाईमा राहत 

लसुनमा दुखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुखाई छ भने लसुनलाई पिसेर दुखिरहेको दाँतमा लगाउँदा केही समयमै दुखाई हटेर जान्छ ।

७. नसा झमझाउने समस्या कम

खाली पेटमा लसुनको सेवनले नसा झमझमाउने समस्या पनि हराएर जान्छ ।

८. रुघाखोकीमा राहत

लसुनले स्वाससँग सम्बन्धित रोगहरूको रोकथाममा पनि सहायक भूमिका निभाउँछ । यस्तै रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरूका लागि पनि लसुनले प्राकृतिक औषधिका रूपमा काम गर्छ ।