काठमाडौं /   चिनियाँ इलेक्ट्रिक सवारीसाधन उत्पादक कम्पनीले डिसेम्बरमा मात्रै डल्फिन ह्याचव्याकको १० हजार १६ युनिट बिक्री गरेको छ ।

अगस्ट २९ मा चेन्दु अटो शोमा लन्च गरिएको डल्फिन बिक्री सुरु भएको ५ महिनामा नै १० हजार युनिट पार गरेको हो । डल्फिनको अगस्टमा १ हजार ७५५, सेप्टेम्बरमा ३ हजार, अक्टुबरमा ६ हजार १८ र नोभेम्बरमा ८ हजार ८०९ युनिट बिक्री भएको थियो ।

OM Sai Pathibhara Hospital

चिनियाँ बजारमा डल्फिनको सफलतासँगै बीवाइडीका कारहरू विश्वको कुनै पनि वजारमा प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ ।

आकर्षक डिजाइन, अत्याधुनिक फिचर तथा नयाँ प्रविधिको ब्लेड ब्याट्री भएकाले डल्फिन बीवाइडीको सबैभन्दा छिटो समयमा प्रति महिना १० हजारको आँकडा पार गर्न सफल मोडल बनेको हो ।

बीवाइडीको नयाँ ३।० इप्लेटफर्ममा बनेको डल्फिन ‘नेक्स्ट जेनेरेसन हाई पफर्मेन्स स्मार्ट इलेक्ट्रिक भेहिकल’ हुने कम्पनीले दावी गरेको थियो । नयाँ प्लेटफर्ममा बनेका कारहरू साना, छरिता, हलुका र अधिक सक्षम तथा ज्यादै कम इनर्जी खपत गर्ने छन् ।

डल्फिनमा दुई साइजको व्याट्री दिइएको छ । यसको वेस मोडलमा ३०।७ किलोवाट आवरको व्लेड व्याट्री उपलब्ध छ । जसले एक पटकको फुल चार्जमा ३०१ किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ ।

डल्फिनको प्रिमियम भेरियन्टमा भने ४४।९ किलोबाट आवरको ब्लेड ब्याट्री छ । यसको रेन्ज ४०१ किलोमिटर रहेको छ । चिनियाँ बजारमा बीवाइडी डल्फिनको सुरुवाती मूल्य ९३ हजार ८ सय युवान रहेको छ ।

सन् २०२१ मा ५ लाख ९३ हजार ७ सय ४५ युनिट गाडी बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । तर, २०२१ को अक्टुबरदेखि डिसेम्बरको बिक्रीमा भने उछाल देखिएको थियो ।

कम्पनीले तीन महिनामा मात्रै २ लाख ६६ हजार २०४ युनिट गाडी बिक्री गर्न सफल भएको हो । डिसेम्बरमा कम्पनीले ९३ हजार ९४५ युनिट बिक्री गरेको थियो ।

सन् २०२२ मा कम्पनीले १२ लाख कार बेच्ने लक्ष्य लिएको छ । त्यो लक्ष्य भेट्टाउन अमेरिका, युरोप र अस्ट्रेलियन बजारमा बिक्री सुरु गर्न लागेको हो ।

नेपालमा पनि बीवाइडीको इ ६, अल न्यु इ ६, एमथ्रीटीथ्री गरी ४ वटा मोडल बिक्री गर्दै आएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले यसै वर्षको मध्यसम्ममा ह्याचव्याक कार डल्फिन र एसयूभी एसटु नेपाल ल्याउने बताएको छ ।

सन् १९९५ मा व्याट्री उत्पादकको रुपमा स्थापना भएको बीवाइडीले सन् २००३ बाट कार उत्पादन गर्न थालेको हो ।

अहिले कम्पनीले नयाँ टेक्नलोजीको व्लेड व्याट्रीका साथै, मोटर, व्याट्री मेनेजमेन्ट सिस्टम लगायत इलेक्ट्रिक भेहिकलको सम्पूर्ण कम्पोनेन्टहरू आफैँ विकास र उत्पादन गर्दै आएको छ ।

बीवाइडीमा अमेरिकी विश्वप्रसिद्ध लगानीकर्ता वारेन्ट बफेटको कम्पनी वर्ग साय हाथवेको समेत लगनी रहेको छ ।

वर्ग साय हाथवेको बीवाइडीमा २२ करोड ५० लाख कित्ता शेयर रहेको छ । जसको अहिलेको वजार मूल्य ७ अर्ब ७० करोड डलर हुन्छ ।