दमौली /  तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । 

व्यास नगरपालिका –९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यसैगरी आँबुखैरेनी गाउँपालिका –३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ ।

मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।