काठमाडौँ /  मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले आज (बुधबार) देखि देशका विभिन्न स्थानमा मौसम बदली हुने भएको छ । 

मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मौसम प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा असर पर्ने भएकाले सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

गणितीय मौसम पूर्वानुमानको परीक्षण मोडलअनुसार आजदेखि बिहीबारसम्म सबैभन्दा बढी असर सुदूरपश्चिम र कर्णालीमा पर्ने देखिन्छ ।

वाग्मती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।