झापा /  नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९३ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित थपिएका हुन् ।

OM Sai Pathibhara Hospital

७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

२६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

अहिले सक्रिय सङ्क्रमितको संख्या ५ हजार ९४ पुगेको छ ।