बिर्तामोड / झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको, झापा गाउँपालिका १ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका ५ बाराका २२ वर्षीय गनिया अब्दुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे अस्पतालमा मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा  सोही ट्रयाक्टरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाइतेलाई उपचारको लागी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी सुनसरीको धरान उप -महानगरपालिका -१५ मा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

सोमवार राती साँढे ६ बजेको समयमा धरान -१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८  नम्बरको ट्रकमा वा ५८ प ८३२८ नम्बरको मोटरसाइकल आफै ठोकिएर दुर्घटना हुँदा चालक भक्तपुर घर भई धरान -१५ बस्ने ४२ वर्षीय राजेश सिजापती घाईते भएका थिए । घाइतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको छ । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।