झापा । पछिल्लो समय बिरामीका आफन्तहरूले अस्पताल र चिकित्सकहरूको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउने गरेको जनगुनासो आउने गरेको छ ।

तर, यस्तो पनि अस्पताल छ, जहाँ बिरामीका आफन्तले माया मरिसकेकोलाई पुनः जीवन दिएका छन् । 

OM Sai Pathibhara Hospital

पछिल्लो एक महिना दिनको अन्तरमा विराटनगर – ३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालले दुईजना बिरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका – ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको ‘लक्ड – इन – सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूर्ण पक्षघात भएको जटिल प्रकारको सफल उपचार गरेर विरामीले नयाँ जीवन पाएका हुन् ।  

प्रेसरका बिरामी पनि रहेका चौधरी महिना दिन अगाडि काम गर्ने क्रममा घरमा लडेपछि बेहोस भएका थिए ।  उनका परिवारले विराटनगर र धरानको विभिन्न अस्पताल पुर्‍याएका थिए ।

‘विराटनगरका एक अस्पतालमा एक हप्ता जति उपचार गरिम । बुबाको होस आएन, ’विरामी चौधरीको छोरी सुशिलाले भनिन्, ‘बुबाको होस नपाएपछि चिकित्सकले बुबाको उपचार सम्भव नहुने र घर लैजान सुझाब दिएका थिए । त्यसपछि माया मारेर हामीले बुबालाई घर लिएर गयौँ । बेहोस हुनुभएको बुबाले हात चलाउन थालेपछि हस्पिटल लैजाने आफन्तमा सल्लाह भयो । त्यसपछि १ पुसमा आर्या न्युरो हस्पिटलमा लिएर आएका हौं ।’

आर्या न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि बुबाको स्वास्थ्य अवस्था ठिक भएपछि हर्षित मुद्रामा देखिएकी छोरी सुशिलाले बताइन् । ‘अहिले बुवा मज्जासँग बोल्न र हिँडडुल गर्न सक्नुहुन्छ । १८ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएको छ,’ उनले भनिन्, ‘बुबालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिनँ । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बुबालाई बचाउनु भयो । बाँच्नुहुन्न जस्तो लागेको थियो । बुबाले नया जीवन पाउनुभयो ।’ चौधरीको परिवार चिकित्सकहरूको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

चौधरीको उपचारपछि  स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए । चौधरीको उपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज दिएको बताए । 

यसअघि पनि आर्या अस्पतालले सुनसरीको इनरुवा ३ की ३९ वर्षीय पुष्पालत्ता सुब्बाको टाउकोको जटिल उपचार गरेको थियो । उक्त अस्पतालमा उनको मस्तिष्कको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । सुब्बा अचानक बेहोस भएर लडेको कारणले उनको मस्तिष्कमा रगत जमेको थियो ।

बेहोस भएकी सुब्बालाई लिएर उनका परिवारले विराटनगरको विभिन्न अस्पताल लिएर गए । तर, उपचार हुन सकेन । उपचार सम्भव नभएपछि सुब्बाको परिवारले घर लिएर गए । उनको परिवारका एक सदस्य चिकित्सक रहेका थिए । उनले आर्या न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. पंकजराज नेपालसँग सल्लाह गरेपछि हस्पिटलमा लिएर आए ।

बिरामी आएपछि डा. नेपालले जोखिम लिएर उपचार प्रक्रिया अगाडि बढाए । यसो हेरे, बिरामीको अवस्था जटिल रहेको थियो । उनले सोचे, ‘कसरी यतिकै छोड्नु ? मैले रिस्क लिएभने त पुप्पालत्ताले एउटा जीवन जोगाउन सकिन्छ । रिस्क नै नलिएभने त निश्चित छ एउटा जीवन सकिन्छ ।’ उनले बिरामी पक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गरे पछि शल्यक्रिया सुरु गरे ।

सुब्बाको मस्तिष्कमा रगत जमेको कारणले डा. नेपालको टिमले सोही दिन उनको शल्यक्रिया गरेर जमेको रगत निकाले । ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफलभयो,’ डा. नेपालले भने । उपचारपछि ठिक भएका बिरामी सुब्बा अहिले पनि अस्पतालमा फलोअपको लागि आउने गरेका छन् ।