झापा / मेचीनगर लेडी जेसिज २०२२ को अध्यक्षमा सीता पुरी गिरी सर्वसम्मत चयन भएकी छिन् ।
लेडी जेसिजको शनिबार सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट गिरी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा बबिता पनेरु र रेजिना श्रेष्ठ, उपाध्यक्षमा रश्मि प्रधान, जिना श्रेष्ठ, सुकु तामाङ र कला खरेल शिवाकोटी चयन भएका छन् ।
यसअघि २०२१ काे अध्यक्ष सुशीला खतिवडा थिइन् ।