काठमाडौँ / नेपाल स्टक स्क्स्चेन्ज एक्सचेन्ज नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरप छिको मूल्य समायोजन गरेको हो । 

OM Sai Pathibhara Hospital

यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजन पछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्दै छ । 


नेपाल एसबीआई बैंकको बोनस सेयर समायोजन पछिको भाउ ३४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । 

छिमेक लघुवित्तको समायोजन पछिको भाउ नेप्सेले १२ सय ४० रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । गत आर्थिक वर्षको नाफाबाट संस्थाले २७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दै छ । 

गणपति लघुवित्तको समायोजन पछिको भाउ ११ सय ७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।