महोत्तरी / सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकाम स्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छिन ।
उनले आज मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्धारका लागि पहल गर्ने बताएकी हुन ।
जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिइन ।
उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला लगाएर स्वागत गरेका थिए । मन्त्री झाँक्रीलाई मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले पूजामा सहयोग गरेका थियो ।