झापा / लोकसेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ ।
आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।
बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले दरखास्त आव्हान गरेको हो ।
पुस २० गतेसम्म आवेदन दिन पाइने र २७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ।