विराटनग / १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र विराटनगरको ५६ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित आन्तरिक रुपमा सम्पन्न भएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसी को प्रमुख आतिथ्यता मा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक विशेष कार्यक्रमका बिच ५६ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक बिसीले व्यवसायिक प्रहरी उत्पादनको उद्गमस्थल प्रहरी तालिम केन्द्रले ५६ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पूर्ण परिवारलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भूमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरूप प्रतिफल दिन सक्ने बताए ।
समयको परिवर्तन सँगसँगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरू भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको जरो तालिमका दिनहरू देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत दिएका छन ।
उनले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरूको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलिको दिनमा प्रहरीहरूको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामूहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिए ।
यसैगरी प्रहरी नायब महानिरीक्षक बिसीले वार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेलका विजय हुने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरेका थिए ।
। यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र धमलाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समायानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने व्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत गरी कुल ७८,४१२ ९अठहतर हजार चार सय बाह्र० जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराए ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, व्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताए । वार्षिक उत्सब कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष चारु कोईराला बि।सी। तथा पदाधीकारीहरु, र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।