कैलाली / कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, सोही ठाउँका उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका –८ बस्ने विकास नेपाली, धनगढी –१ कै विवेक साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।

गए राति ३ बजेको समयमा धनगढी –१ कैलाली पुलस्थित रातोपुल बस्ने टेकराज पनेरुले सञ्चालन गरेको उग्रतारा ट्रेडिङ्ग हाउसको ताला फोडेर चोरी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

उनीहरूलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।